कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । संसदको सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको कांग्रेसको पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।

नेतृत्वको सुझबुझपूर्ण निर्णय हुन नसक्दा पार्टीले सत्ता गुमाएको भन्दै तीव्र असन्तुष्टि भइरहेको बेला बैठक बोलाइएको हो । बैठकमा यस विषयलाई जोडतोडका साथ उठाउने असन्तुष्ट पक्षको तयारी छ । पुस २२ गते दिउँसो १ बजे सानेपामा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सबै