ठेकेदारको ढिलासुस्तीले भक्तपुर अस्पताल पुगेका बिरामीको बिचल्ली, स्वास्थ्य सेवा नै प्रभावित

38 Shares

भक्तपुर / मोनिका सिंह – भवन निर्माण र रेट्रोफिटिङको काम समयमै नहुँदा भक्तपुर अस्पताल आउने बिरामीहरूले सास्ती खेप्नु परिरहेको छ ।
ठेकेदारले समयमै काम नगर्दा भक्तपुर अस्पतालमा आउने सयौँ बिरामीहरूले समस्या खेप्न परेको हो ।

भक्तपुर अस्पतालमा बनिरहेको नयाँ भवन र भूकम्पले क्षतिग्रस्त भवनको रेट्रोफिट गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण बिरामीहरूले हैरानी खेप्नु मात्र परेको नभई भक्तपुरेको उपचार भक्तपुरमै गर्ने नारा नारामै सीमित हुन पुगेको हो ।

२०७२ को भूकम्पले क्षति पुराएको भवन र नयाँ भवन बनाउन ठेक्का पाएको कन्स्ट्रक्सन रसिमा किरातेश्वर ऋंखला जेभी भक्तपुरले समयमै काम नगर्दा बिरामीहरूको उपचारमा समस्या परेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। सुमित्रा गौतमले बताउनुभयो ।No description available.

युकेएडको आर्थिक सहयोग तथा एनएचएसएसपीको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण आयोजना अन्तर्गत ठेक्का पाएको राशिमा किरातेश्वर ऋंखला जेभीले ३० करोड २९ लाख ५२ हजार ४ सय ८५ रुपंैयामा ठेक्का लिएको रेट्रोफिट र भवन निर्माणको काम अत्यन्तै धिमा गतिमा चलिरहेको छ ।

२०७७ साल चैत्र १४ गते संझौंता भई २०७९ मङ्सिर १३ गते सम्पन्न गर्नुपर्ने भए पनि अस्पतालको नयाँ भवनको काम अझै ४० प्रतिशतभन्दा माथि बाँकी नै छ । त्यसो त अस्पतालको रेट्रोफिटको काम अझै ८० प्रतिशतभन्दा बढी बाँकी रहेको अस्पताल स्रोतले बतायो ।
यस विषयमा पटक पटक ठेकेदार कम्पनीसँग अस्पताल प्रशासनको बैठक बसे पनि कार्य प्रगति हुन नसकेको अस्पताल प्रशासनको गुनासो छ । समयमा भवन नबन्दा जाडोको समयमा दमका रोगीहरू विशेष गरी मर्कामा परिरहेको सुपरिटेन्डेन्ट गौतमले बताउनुभयो ।No description available.
सममयमै काम नगर्दा अस्पतालको बच्चाहरूका लागि सञ्चालित एनआईसियु र पिआइसीयु सेवा समेत प्रभावित बनेको डा गौतमले बताउनुभयो ।
अस्पतालमा अहिले पनि दैनिक जसो ६ सय देखि ७ सय बिरामी आउने भए पनि भवन नबन्दा र रेट्रोफिटको काम नहुँदा बिरामी, बिरामी कुरुवा र स्वास्थ्यकर्मीहरूका लागि ठाउको अभाव हुने गरेको उहाँले गुनासो गर्नुभयो ।No description available.

कोभिड सङ्क्रमण फेरि पनि फैलन सक्ने आङ्कलन भइरहेका बेला अस्पतालको बिजोग अवस्था हुनुले यो बेला थप सेवा समेत प्रभावित हुनसक्ने डा गौतमले चिन्ता व्यक्त गर्नुभयो । ‘हामीले कोभिडका बेला १ सय ८० बेड सञ्चालन गरेका थियो यदि फेरी कोरोना फैलियो भने ८० बेड पनि सञ्चालन गर्न सक्ने अवस्था छैन’, डा। गौतमले गुनासो गर्नुभयो ।No description available.

ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण अस्पतालको ओपिडी सेवा तथा आइसियु सेवा समेत प्रभावित बनेको उहाँले गुनासो गर्नुभयो। विशेष गरी प्रत्येक विषयमा ५० बेडको वार्ड हुने भए पनि अहिले मुस्किलले १० देखि २० बेडको वार्ड सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।No description available.
बिरामीलाई सेवा दिन अति नै समस्या भइरहेको छ रेट्रोफिटको कामले धेरै ठाउँ ओगटेका कारण बिरामी ओहोर दोहोर गर्ने देखि एउटै शौचालयमा धेरैले सेवा लिनु परिरहेका कारण सरसफाइमा समेत समस्या देखियो, उहाँले बताउनुभयो ।No description available.

धेरैले अस्पतालको यो अवस्था देखेर अस्पतालको प्रशासनलाई दोष दिए पनि समस्या आउनुमा ठेकेदार कम्पनीको ढिलासुस्ती प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

सबै