बागलुङमा तीनपटक भूकम्पको धक्का महसुस

96 Shares

काठमाडौं – गएराति बागलुङमा तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ । गए राति बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राति १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको जनाइएको छ ।

सम्बन्धित समाचार

सबै