बागमती प्रदेशको संसदीय दलको नेताका लागि लामा र बाँनियाले गराए उम्मेदवारी दर्ता

90 Shares

हेटौंडा /  नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि बहादुर सिं लामा र इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार बिहान प्रदेशसभाको प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा दलको नेताका लागि पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामा र प्रदेश सभापति बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।

लामाको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन् भने बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।दलको नेताको लागि उम्मेदवारी दर्ता गराएका लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

निर्वाचनको कार्यक्रम अन्तर्गत मदतान कार्यक्रम आजै २ बजेदेखि ३ बजेसम्म हुने कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ ।निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणामको घोषणा हुने बताइएको छ ।

सम्बन्धित समाचार

सबै