एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।

दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

सबै