कांग्रेसबाट प्रदेश १ संसदीय दलको नेतामा गरे ३ जनाले मनोनयन दर्ता

25 Shares

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा अहिले सम्म ३ जनाले मनोनयन दर्ता गरेका छन् । प्रदेश १ को संसदीय दलको नेतामा उद्धव थापा, अमृत अर्याल र केदार कार्कीको मनोनयन दर्ता गरेका हुन् ।

देउवा पक्षबाट भने अमृत अर्यालले मनोनयन दर्ता गराउने थापा समानुपातिक तर्फबाट प्रदेश सदस्य भएका हुन । उनी प्रदेश १ का सभापति समेत हुन । केदार कार्की भने अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६९२० बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रूपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रूपमा चिनिन्छन् ।

अर्याल भने मोरङ ५ (१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन । दलको नेता छन्न भोलि निर्वाचन हुने छ ।

सम्बन्धित समाचार

सबै