आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प छैन – अर्थमन्त्री पौडेल

43 Shares

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरु गरेको बताए ।

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा चेम्बरले पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने, वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए ।यस्तै अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे ।

सम्बन्धित समाचार

सबै