76
Shares
म्यादी । म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुराँ, सार्वजनिक शौचालय र भवन हटाइएको हो ।
बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाइएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिएका छन् । कालीपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, कालीपुल युनाइटेड क्लबको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ ।