सर्वोच्च अदालतद्धारा मधेस प्रदेशका २ जना माओवादी सांसदलाई शपथग्रहणमा रोक

36 Shares

जनकपुर । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथ ग्रहन गर्ने रोग लगाइएको छ । महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्च अदालतले सांसदको काम कारबाहीमा रोक लगाएको हो ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए । निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास पहाडी र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

सबै