प्रधानमन्त्री दाहाललाई श्रीलंकाका राष्ट्रपतिको बधाई

काठमाडौं, १५ पुस, प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनलाई राष्ट्रपति विक्रमासिंघेले शुक्रबार टेलिफोन मार्फत् बधाई दिएका हुन् ।

फोन वार्ताको क्रममा दुई नेताहरूबीच नेपाल र श्रीलंकाको मित्रतापूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाललाई यसअघि भारत र चीनका प्रधानमन्त्रीले बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।

सम्बन्धित समाचार

सबै