त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि हिउँदे बिदा दिने

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले आइतबार भोली देखि हिउँदे बिदा दिने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो ।

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् ।

सम्बन्धित समाचार

सबै