आर्थिक सकंटबाट जोगाउन महत्वपूर्ण कदम चाल्न सरकारलाई महासंघको सुझाव

78 Shares

काठमाडौं । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि तत्काल महत्वपूर्ण कदम चाल्न सरकारलाई सुझाव दिएको छ । महासंघले बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी १ अंक कायम गरिनुपर्नेमा जोड दिदै व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गर्न माग गरेको हो ।

महासंघले राष्ट्रलाई समुन्नत बनाउनका लागि स–साना व्यवसायीहरूको संरक्षण गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुपर्ने बताएको छ । हिजो शुक्रबार बसेको महासंघको बैठकका धारणा सार्वजनिक गर्न आज शनिबार पत्रकार सम्मेलन आयोजना गरेको महासंघले अर्थतन्त्र जोगाउन सरकारलाई विभिन्न सुझावहरू समेत दिएको छ । नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा रहेको समेत बताएको छ ।

सम्बन्धित समाचार

सबै