29
Shares
नेपालगञ्ज । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । घरपरिवारसँगको सल्लाह बिना रोजगारी, विवाह वा घुम्न जाने बाहनामा नेपालगञ्ज नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई नाकाबाट फिर्ता गरेको हो ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै गत वर्षभन्दा यो वर्ष नाकाबाट धेरैको उद्धार गरिएको बताएका छन् । कोइरालाका अनुसार गत वर्ष ४ सय ३४ जनालाई नाकाबाट उद्धार गरिएको थियो ।
माइती नेपालमा यो वर्ष खोजतलासको निवेदन पनि धेरै परेको उनले जनाकारी दिएका छन् । संयोजक कोइरालाका अनुसार खोजतलासका लागि ६ सय ९३ जनाको निवेदन परेको छ ।