एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण हुँदैन : प्रवक्ता खतिवडा

71 Shares

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी कुनै पनि पार्टीसँग एकीकरण नहुने बताउनु भयो ।

शनिबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताउनु भको हो ।

उहाँले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नु भयो । यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदै छ भन्ने निराधार हल्लाको पछि नलाग्न उहाँले आग्रह समेत गर्नु भयो ।

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सबै