दोलखा कांग्रेसका सदस्यमाथि अन्तर्घातको आरोप, कारबाही गर्ने सिफारिस

44 Shares

दोलखा । दोलखाका नेपाली कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि कारबाहीको माग गरेका छन् ।
चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले समय दिएपछि सभापति लामाले शिवाकोटीमाथि कारबाहीको माग गरेको हो ।

जिल्ला कार्य समितिको समीक्षा बैठकमा उनले कारबाहीको सिफारिस गर्न लागेपछि झण्डै झडप समेत भएको थियो । लामाले शिवाकोटीमाथि अन्तर्घात गरेर आफूलाई प्रदेश सभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।

चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएकोमा हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको केन्द्रीय अनुशासन आयोगले जनाएको छ । केन्द्री कार्यालयले सुरुमा पुस १५ सम्मको समय दिएको थियो । सोही अवधिमै काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

सबै