एकीकृत समाजवादी पार्टी भन्छ: ‘पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन’

29 Shares

काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी एकताका लागि प्रस्ताव नआएको बताएका छन् । समाजवादीले एमलेसँग एकताका लागि भइरहेका अनौपचारिक छलफल तथा पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गर्ने नगर्नेबारे पार्टीमा छलफल चलाइरहेको बताउदै उनले यस्तो बताएका हुन् ।

स्थायी कमिटीको बैठकपछि बोल्दै उनले भने ‘खुट्टा उचालिहाल्ने पछमा छैनौं, उताबाट एकताका लागि प्रस्ताव नै आएको छैन् । तर हिजोको सहकार्यमा सँगसँगै हिँडेका प्रचण्डजीकै सरकार भएकोले समर्थन गर्नुपर्छ कि भन्नेहरुको आवाज धेरै उठेको छ । तर हतारो गर्नु हुँदैन भन्ने कुरा छ ।’

शनिवार सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतवारका लागि पनि बोलाइएको थियो ।

सम्बन्धित समाचार

सबै