‘विमानस्थलको भरपुर सदुपयोग गरि पर्यटक केन्द्रको रुपमा विकास गर्नुपर्छ’ : अर्थमन्त्री पौडेल

32 Shares

पोखरा । अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गरि पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्नु पर्ने बताएका छन् । आइतबार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले पोखराका जनताको सपना पूरा भएको भन्दै यस्तो बताएका हुन् ।

त्यस अवसरमा उनले सो विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । । उनले सो विमानस्थलको निर्माणमा योगदान पुर्‍याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको समेत स्मरण गरे ।

उनले भने, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ। त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उडड्यन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’

आइतवार विमानस्थलको आयोजित भव्य कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

सम्बन्धित समाचार

सबै