‘राजनीतिमा फउल खेल्यो भने रेड कार्ड नै दिएर आउट गर्नुपर्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने निर्णयले सबैभन्दा ठूलो दल कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको बताएका छन् ।

पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई उनले संकेत गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’

ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताएका छन् । उनले तत्कालै मन्त्रिपरिषदले पूर्णता नपाउने संकेत गर्दै खेलकुद क्षेत्रको विकासका लागि आफूले सरकारसमक्ष माग गरेर पहल गर्ने बताए ।

सम्बन्धित समाचार

सबै