पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु

60 Shares

इलाम – इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ ।आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सबै