सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी आमा कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कपिलकुमारी बस्नेतको आइतबार काठमाडौंस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ केन्द्रीय सदस्य बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

सबै