चुस्त दुरुस्त ढंगले जनताको काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुस्त दुरुस्त ढंगले जनताको काम गर्न निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएकागृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न पनि निर्देशन दिएका छन् ।

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार

सबै