राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको बारेमा प्रधानमन्त्री कार्यालयमा छलफल

21 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री प्रचण्डबिच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको मितिको बारेमा छलफल भएको हो ।

छलफलमा गृहमन्त्री रवि लामिछाने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आयोगका पदाधिकारी सहभागी थिए । त्यस्तै प्रधानमन्त्रीले लगत्तै मन्त्रालयहरुको हालको अवस्थाबारे जानकारी लिने र आवश्यक निर्देशन दिने गरी सचिवहरूसँग छलफल थालेका छन् ।

प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि सचिवहरुसँग छलफल गर्न लागेका छन् । नयाँ सत्ता गठबन्धनको प्राथमिकता निर्धारण गर्न केहि दिनभित्रै न्यूनतम साझा नीति तथा कार्यक्रम आउँदैछ । सर्वसाधारणले थेग्ने नसक्ने गरी महँगी बढेको भन्दै नयाँ सरकारले हटाउनुपर्ने बताउँदै आएका छन्  ।

सम्बन्धित समाचार

सबै