सोमबार स्थिर सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख १ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आजको तुलनामा
स्थिर रहेर प्रतितोला रु १ लाख १ हजार ७ सयमा नै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार २ सय छ । अघिल्लो दिन सोही मूल्य रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेर प्रतितोला रु १ हजार ४ सय कायम रहेकोे महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

सबै