जनचाहना विपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने उपप्रमुख डंगोलको भनाइ

32 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन् । सोमवार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताएकी छन् ।

उनले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको समेत बताएकी छन् । उनले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन् ।

सोमबार टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसहित महानगरमा ज्ञापन पत्र बुझाएका थिए । महानगरबाट भएको उक्त निर्णयको आलोचना हुँदा समेत आधिकारीक धारणा नआउनु र डिपिआरको कामलाई निरन्तरता दिने काम भएकाले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपरेको उनीहरुको भनाई रहेको थियो ।

सम्बन्धित समाचार

सबै