माओवादी नेता पोखरेलले किन महोत्तरी पुगेर योगेश भट्टराईलाई सम्झिए ?

21 Shares

महोत्तरी – माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले महोत्तरी पुगेर नेकपा एमालेका योगेश भट्टराईलाई सम्झिएका छन् ।काठमाडौं विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित न्याथम कलेज मधेश प्रदेशमा स्थापना गर्न सहयोग गरेको स्मरण गर्दै भट्टराईलाई पोखरेलले सम्झिएका हुन् ।

‘वहाँले पर्यटन मन्त्रालयको नेतृत्व गर्दा यो सम्भव भएको हो वहाँ नभएको भए मैले मात्र देश कै प्रतिष्ठित कलेज ल्याउन सम्भव हुदैन्थ्यो,’ उनले भने ।ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट पहिलो ब्याचका विद्यार्थीको स्वागत र अभिमुखिकरण कार्यक्रममा सहभागी हुन पुगेका पोखरेलले नेपाल एकेडेमी अफ टुरिस्म एण्ड होटल म्यानेजमेन्टको स्थपानाले मधेशमा शैक्षिक विकासको अर्को इट्टा थपेको बताए ।

आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा निक्कै मेहनत गरेर न्याथम कलेजको स्थापना गरेको बताउँदै नेता पोखरेलले काठमाडौं विश्वविद्यालयय जस्तो प्रतिष्ठित विश्वविद्यालय पहिलो पल्ट मधेशमा स्थपना भएकोप्रती खुसी ब्यक्त गरे ।

अध्ययन गरिरहेका र गरिसकेका विद्यार्थी राष्ट्रिय, अन्तराष्ट्रिय बजारमा बिकिरहेको बताउँदै प्रावधिक धारका यस्ता कलेजले नै देशलाई आत्मनिर्भर र सुखी बनाउनेमा  पोखरेलले धाणा राखे ।

पोखरेलले आफू मन्त्री हुँदा नै सिक, पढ र कमाउ भन्ने अवधारणा अगाडि ल्याएको र सोहीअनुसार प्रावधिक धारका कलेज स्थपना भएको स्मरण गरे ।निर्मल लामा वहुप्राविधिक शिक्षालय खयरमाराको उदाहरण दिँदै नेता पोखरेलले भने, ‘अहिले त्याहा विद्यार्थी पढ्दै छन् । सिक्दै छन् । अनि कमाउँदै छन् । केही पैसासमेत बचाइरहेका छन् ।`

१९७२ मा एउटा तालिम केन्द्रकोरुपमा स्थपना भएको न्याथम अहिले काठमाण्डौ विश्वविध्यालयको प्रतिष्ठित  अंगकोरुपमा विकाश भएको छ ।सांस्कृतिक तथा पर्यटन मन्त्रालयबाट सञ्चालित न्याथमले ब्याचलर इन होटल म्यानेजमेन्ट मात्र हैन पर्यटन पर्द्धनका लागि जनसक्ति उत्पादनमा समेत ध्यान दिँदै आएको छ ।

सम्बन्धित समाचार

सबै