सङ्घ तथा प्रदेशको सरकार सानो आकारको बनाउनुपपर्छ : गणेश प्रसाद तिमिल्सिना

26 Shares

काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सङ्घ तथा प्रदेशको सरकार सानो आकारको बनाउनुपर्ने बताउनुभएको छ ।

स्पिकर्स फोरम नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचनको घोषणा भएपछि सांसद र मन्त्री पदको बार्गेनिङ हुने गरेको र यसका कारण देशको आर्थिक अवस्थामा समेत समस्या देखिने भएकाले सङ्घ तथा प्रदेशको सरकार सानो आकारको हुनुपर्ने बताउनुभएको हो ।

प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको भन्दै उहाँले सांसद भएपछि मन्त्री हुनै पर्छ भन्ने प्रवृत्ति रोकिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै तिमिल्सिनाले मुलुकको संविधानको व्यवस्थाअनुरूप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बन्दा मितव्ययीताकलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले कानुनी जटिलताका बिच पनि सङ्घ र प्रदेशसभामार्फत सकारात्मक काम भएकाले यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तिले प्रदेशसभालाई प्रभावकारी बनाउनका लागि आवश्यक ऐन कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

सम्बन्धित समाचार

सबै