प्रम प्रचण्ड र राष्टियसभाका अध्यक्षबीच भेटवार्ता

55 Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र राष्टियसभाका अध्यक्ष तिमिल्सिनाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक राजनीति बिषयमा कुराकानी भएको छ ।

भेटका क्रममा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश भई निष्क्रिय भएका पाँच वटा विधयेकलाई पुनःराष्ट्रियसभा मै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ । राष्ट्रियसभामा उत्पत्ति भई लामो छलफलपछि पारित भएर प्रतिनिधिसभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए ।

त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन् ।

सम्बन्धित समाचार

सबै