विद्रोह गरी स्वतन्त्र चुनाव लडेका सांसद मगरलाई प्रचण्डले गरे माओवादीमा स्वागत

काठमाडों । माओवादीबाट विद्रोह गरी स्वतन्त्र चुनाव लडेका लुम्बिनी प्रदेशका सांसद दीपेन्द्र कुमार पुन मगरलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । सांसद पुन माओवादी केन्द्रमै फर्किएपछि अध्यक्ष दाहालले बुधवार पार्टीमा स्वागत गरेका हुन् ।

चुनावी तालमेल गर्दा कांग्रेसलाई समर्थन गर्ने निर्णयविरुद्ध पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

माओवादी उपमहासचिव वर्षमान पुन दीपेन्द्रलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । पुनले पुस १० गते पार्टी कार्यालयमा आत्मालोचना पत्र दर्ता गरेका छन् ।

सम्बन्धित समाचार

सबै