बाराही हाइड्रोपावरको कारोबार सुरू

काठमाडौं – बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ ।

नेप्से प्रि-ओपन सेसनमा  यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो । पहिलो कारोबारका लागि  नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो ।

सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ ।  कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

सम्बन्धित समाचार

सबै