73
Shares
काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपालको राष्ट्रिय महाधिवेशन २०८० सम्म गर्ने निर्णय गरेको छ । आईसिटीयूको १८ वैशाखदेखि २० सम्म बसेको छैटौँ राष्ट्रिय कमिटी बैठकले सो निर्णय गरेको हो ।
एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसिटीयूका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजना समेत पारित गरेको छ ।
एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव दीपक पौडेलले सञ्चालन गरेको कार्यक्रममा औपचारिक तथा अनौपचारिक श्रमको बारेमा श्रम विभागका निर्देशक लगायतबाट प्रशिक्षण र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा गरिएको थियो ।