26
Shares
काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले जारी नेपाल टी-२० लिगमा फिक्सिङको बारेमा फैलाइएका अनेक भ्रामक तथा मिथ्या सूचनाका विषय प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन आग्रह समेत गरेको छ ।
नेपाल टी(२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो । यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।
अनेक भ्रामक तथा मिथ्या सूचनाहरु नफैलाउन क्यान अनुरोध समेत गरेको छ ।