काठमाडौं । सञ्चारकर्मी हरिशरण लामिछानेले आफूलाई गृहमन्त्री रवि लामिछानेको सचिवालयमा नियुक्त नगरिएको बताएका छन् । उनले अहिले पनि रेडियो नेपालको मुख्य समाचार सम्पादकको महत्वपूर्ण जिम्मेवारीमा सक्रिय रहेको बताउदै सचिवालयमा नियुक्त नभएको स्पस्ट पारेका हुन् ।
रेडियो नेपालका मुख्य समाचार सम्पादक लामिछाने गृहमन्त्री रविका दाजु हुन् ।
रविले पनि पुरानै दलको जस्तै नातावाद कृपावादलाई प्रश्रय दिएको आरोप लागिरहेका बेला दाजु हरिशरणले भनेका छन् , केही सामाजिक सञ्जालमा प्रकाशित, उपप्रधान तथा गृहमन्त्रीको सचिवालयमा नियुक्ति लिएको भन्ने समाचार सत्प्रतिशत गलत छु, उनले भनेका छन्, आजपर्यन्त म सञ्चारमाध्यममै छु । अहिले पनि रेडियो नेपालको मुख्य समाचार सम्पादकको महत्वपूर्ण जिम्मेवारीमा सक्रिय रहेको अवगत गराउँछु ।
उनले नेपाली राजनितिको विकृति नातावादुलाई प्रश्रय दिनुहुन्न भन्ने पनि आफ्नो मान्यता रहेको बताएका छन् । गृहमन्त्री रविले टेलिभिजन सञ्चारकर्मका बेलादेखिका साथी दिपक बोहोरालाई सचिवालय प्रमुख बनाएका छन् ।