प्रधानमन्त्रीको निर्देशनपछि चालु पुँजी कर्जाबारे सम्बोधन गर्दै राष्ट्र बैंक

99 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने भएको छ । यसका लागि बुधबार दिउँसो पत्रकार सम्मेलन गर्न लागेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा सहजीकरण गर्नेबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेको हो ।

जसअनुसार केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारको आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको हो । चालुपूँजी मार्गदर्शनले दिएको सीमा भन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमा भित्र ल्याउन २ वर्षको समय दिनेगरी मार्गदर्शन संशोधन भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल राष्ट्र बैंक वित्तीय अनुसान र स्थायित्व कायम गर्ने भनिएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न राजी भएको छ ।

बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गर्भनर महाप्रसाद अधिकारीले मार्गदर्शन संशोधन गरेका हुन् । लामो समयदेखि उद्योगी व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका छन् । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कुल कारोबारको २५ प्रतिशतसम्म उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार

सबै