56
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान महाराजगन्जस्थित शीतल निवासमा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयमा छलफल भएको थियो । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको बेला अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच करिब दुई घन्टा भएको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्ष ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, य प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नुभएको थियो ।