
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नरहेको बताएका छन् । केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बुधबार प्रवक्ता महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको बताउँदै गठबन्धन टुट्नुमा आफ्नो पाटीको कुनै दोश नभएको बताएका हुन् ।
उनले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको बताए का छन् । उनले भने, प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’
उनले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताए । कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनले बताए ।
उनले प्रचण्ड नेतृत्वको सरकारमा अनेक दल र खिचडीको स्वरूप देखिएको भन्दै आफ्नै बोझले गर्दा सरकारको आयु छोट्टिने दाबी समेत गरेका छन् ।