प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनको प्रधानमन्त्री दाहालद्वारा अवलोकन

69 Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनको अवलोकन गरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका हुन् ।

उनले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाँै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए । उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार

सबै