सत्ता साझेदार दलको बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने बिषयमा छलफल

25 Shares

काठमाडौं – सत्ता साझेदार दलको बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठन गर्ने बिषयमा छलफल भएको छ । बुधबार साझँ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय पनि गरेको छ ।

बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै