बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति रु ?

काठमाडौं । बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधबार १ लाख २ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ सयले बढेर प्रतितोला रु एक १ लाख ३ हजार १ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख २ हजार ४ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला रु १ हजार ३ सय ८५ कायम रहेकोे महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

सबै