सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

76 Shares

काठमाडौं / सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठीत मस्यौदा कार्यदलको बैठक आज बस्दैछ ।

एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक दिउँसो १ बजे अर्थमन्त्रालयमा बस्न लागेको हो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा सदस्य हुनुहुन्छ ।
आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको बताइएकाे छ ।

गठबन्धनका साझेदार दलहरूबाट सुझाव लिइएको आधारमा कार्यक्रमलाई पूर्णता दिन लागिएकाे हाे । यस विषयमा बुधबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

सम्बन्धित समाचार

सबै