55
Shares
काठमाडौँ / नेकपा एमालेले सांसदहरूलाई २ दिने प्रशिक्षण दिने भएको छ । एमालेले प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई, पछिल्लो राजनीतिक घटनाक्रम र संसदीय अभ्यासबारे सांसदहरूलाई प्रशिक्षण दिने भएको हो ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पुस २३ र २४ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको जानकारी दिए । सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो अरू कुनै कारण छैन’, उनले भने ।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेम्वाङको दावी छ ।