54
Shares
काठमाडौं / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गर्नुभएको छ ।
बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट अतिथिका रुपमा सहभागी हुन उहाँ आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।
उहाँले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेता पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनेछन्।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।