जसपा नेपालले भोलि मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने भएको छ । बिहिबार बसेको जसपा नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको हो ।

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जनाइएको छ । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

सबै