संसद्को पहिलो बैठकको तयारी : आज बस्दैछ सर्वदलीय बैठक

57 Shares

काठमाडौं / प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख चयन, सरकारकाे विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल हुने छ ।

सम्बन्धित समाचार

सबै