19
Shares
काठमाडौं । राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ सरकार बनेको छोटो समयमै सत्ता गठबन्धनको साथ छोड्नु अपरिपक्वता र अविश्वसनीय काम हुने बताएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेपश्चात राप्रपा सत्ता गठबन्धनमै रहने बताउदै उनले यस्तो बताएका हुन् ।
कांग्रेसको अफरलाई पत्याउने आधार नभएको भन्दै राप्रपा कांग्रेसको प्रलोभनमा नपर्ने पनि बताएका छन् । महामन्त्री राणाले भने, ‘अहिले हामी यही गठबन्धनलाई साथ दिएर अघि बढ्छौँ , दायाँबायाँ लाग्दैनौँ ‘ ।
उनले राप्रपा राजनीतिक स्थिरताको पक्षमा रहेकोले पनि बलियो सरकार बनाउने र टिकाउने योजनामा रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेको छ ।