प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौंः प्रदीप यादव

77 Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गर्नु भएको छ ।

शुक्रबार संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उहाँले यस्तो बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

सबै