सप्तरीमा चिसोले कठ्यांग्रिएर देवुको मृत्यु, ६ छोराछोरीको बिचल्ली

65 Shares

सप्तरी २२ पुस । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सबै