31
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन्
शुक्रबार आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको उनको भनाइ छ ।
सेवाग्राहीको बढ्दो चापअनुसार सेवा उपलब्ध गराउन आवश्यक कर्मचारी दरबन्दी थप गर्न अर्थ मन्त्रालयबाट सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयकै सचिव देवकुमारी गुरागाईंले बताए ।