नेपाली कांग्रेस संसदीय दलको बैठक शनिवार, बैठक अघि कांग्रेस पदाधिकारीबीच छलफल

70 Shares

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक यही शनिवार बस्ने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन् । छलफलमा संसदीय दलको बैठक भोलि दिउँसो १ बजे बस्ने निधो गरिएको हो ।

सभापति देउवा निवासमा आज भएको छलफलमा ठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी भएका थिए ।

निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

सम्बन्धित समाचार

सबै