मेक्सिकोका कुख्यात लागूऔषध कारोबार नायिक गुजम्यानका छोरा पक्राउ

विश्व

एजेन्सी – मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके जोआकिन “एल चापो“ गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन् ।
“एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सैन्य विमानमा मेक्सिको सिटी लगिएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले पत्रकारहरूलाई भने ।
३२ वर्षीय ओभिडियो गुजम्यानको गिरफ्तारी छ महिनाको खुफिया कार्यको परिणाम रहेको बताइएको छ । अमेरिकाले ओभिडियो गुजम्यानलाई कुख्यात सिनालोआ कार्टेलको प्रमुख खेलाडी भएको आरोप लगाउँदै पक्राउ गर्ने जानकारीको लागि ५० लाख डलर इनाम प्रस्ताव गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट