82
Shares

काठमाडौँ / नेकपा एमालेका पोलिटीव्यूरो सदस्य तथा सांसद गोकुल बास्कोटाले सरकारसँग पृथ्वी जयन्ती बिदा दिन माग गर्नु भएको छ ।
शनिबार आफ्नो सामाजिक संजालमा ट्विटरमा आफ्नो प्रस्ताव राख्दै उहाँले यस्तो माग रख्नु भएको हो । उहाँले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गर्नु भएको हो ।
उहाँले आफ्नो सामाजिक संजाल ट्विटरमा यस्तो लेख्नु भएको छ, ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ । यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’